काठमाडौँ- सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कुनै संलग्नता नभएको जनाएको छ । मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश जबराको संलग्नता रहेको भन्दै विभिन्न संचारमाध्यमा समाचार आएपछि सार्वोच्चले ध्यानाकर्षण भएको जनाउँदै प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।
मन्त्रालय बाँडफाँडमा प्रधानन्यायाधीश जबराले पनि भाग खोजेको समाचार सार्वजनिक भएपछि सर्वोच्च अदालतले आज एक विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर कुत्सित मनसायले अतिरञ्जित गरिएको बताएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो । मिथ्यापूर्ण र भ्रामक समाचारको विश्वासमा नपर्न आम नागरिक सबैमा आग्रह गर्दछौं ।’
पूरा विज्ञप्ति हेनुहोस्: