काठमाडाैँ- पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार मुख्य मुद्दाबाट भागिरहेकाे आराेप लगाएका छन् । मंगलबार पूर्वराजदूतहरूसँगकाे भेटमा उनले यस्ताे बताएका हुन् । ‘अहिले हामी मुख्य मुद्दामा, मुख्य राष्ट्रियताकाे सवालबाट भागिरहेका छाैँ । सरकार भागिरहेकाे छ,’ उनले भनेका छन् ।
यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र माेदीसँग २ पटक औपचारिक भेटघाट भएकाे तर मुख्य मुद्दामा कुरै नभएकाे दाबी गरेका छन् । ‘याेबीचमा प्रधानमन्त्रीजी भारतीय प्रधानमन्त्रीजीसँग २ पटक फर्मल भेटघाट भयाे तर मुख्य मुद्दामा केही कुरा गर्नुभएन,’ उनले भनेका छन्, ‘हामी राष्ट्रियताकाे, स्वाधीनताकाे मुद्दामा इलेजिबल हुनै छाड्याैँ ।’
ज्ञवालीले एसपीपीबाट फिर्ता हुने निर्णय गरेर सरकारले राम्राे काम गरेकाे बताएका छन् । ‘एसपीपीबाट फिर्ता हुने निर्णय सरकारले गरेकाे छ याे राम्राे हाे,’ उनले भनेका छन्, ‘याे गर्नैपर्ने थियाे ।’ उनले एसपीपीबाट फिर्ता हुने भएपछि देश ठूलाे दुर्घटनाबाट बचेकाे उनले बताएका छन् । ‘अब हामी ठूलाे दुर्घटनाबाट बच्याैँ ।’