काठमाडाैँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू प्रधानमन्त्री बन्नका लागि सबै विषय दाउमा नराख्ने बताएका छन् । गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको बताए । ‘स्वभाविक रुपमा सबैसँग छलफल चलिरखेका छ । तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले भने ।
राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने उनले बताए । ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भने जस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’