×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ : महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको हो ।शहरका विभिन्न स्थानमा अव्यवस्थितरूपमा छरिएका तार लगेर राखिएको स्थानमा आगो लागेको हो । त्यहाँ करिब ५० टन तार रहेको बताइएको छ । सडक बालबालिकाले तार राखिएको स्थान नजिकै खाना पकाउने क्रममा आगो लागेको जनाइएको छ । आगोका कारण तार सबै नष्ट भएका छन् भने मानवीय क्षति भएको छैन ।

प्रतिकृया दिनुहोस्