×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकैपटक सात सचिवको सरुवा

एकैपटक सात सचिवको सरुवा

काठमाडौं- सरकारले एकैपटक अर्थसहित ७ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतका सचिवहरुको सरुवा गरेको हो ।

जसअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने कानून मन्त्रालयका सचिव उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानून सचिवमा सरुवा भएको छ ।

अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.रामप्रसाद घिमिरेको अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा भएको छ भने राजश्व सचिव रामेश्वर दंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

प्रतिकृया दिनुहोस्