×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अनलाइनबाट बसको अग्रिम टिकट बुकिङ असोज ११देखि खुल्ने

अनलाइनबाट बसको अग्रिम टिकट बुकिङ असोज ११देखि खुल्ने

काठमाडौँ - यातायात व्यवसायीहरुले अग्रिम टिकट बुकिङ्ग गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने भएको छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने गराउने उल्लेख छ ।
चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउनको लागि सार्वजनिक यातायात सेवा प्रदायकहरुले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको ट्राफिक प्रहरी उपभोक्ता समूहहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने गराउने निर्णय भएको छ ।
कोभिड-१९ को महामारीलाई मध्यनजर गरी स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने उल्लेख छ । यसका लागि यात्रुलाई खाना/खाजा खुवाउने स्थानमा भीडभाड नहुने गरी व्यवस्था गर्ने गराउने भनिएको छ । अनधिकृत काउन्टर र व्यक्तिहरुबाट टिकट विक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने गराउने भनिएको छ ।
मुख्य सडकमा भएका खाल्डाखुल्डीलाई पुरी यातायात सञ्चालन गर्ने उल्लेख छ ।  यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधनहरू असोज २० गतेदेखि कात्तिक ३ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने उल्लेख छ । यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने समेत निर्णयमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्