×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

३५ सय रुसी सैनिकको मृत्यु भएको युक्रेनी दाबी

काठमाडौँ- युक्रेनको सेनाले रुसी सेनातर्फ भएको सैन्य क्षतिबारे एउटा विवरण प्रकाशित गरेको छ । फेसबुकमा प्रकाशित उक्त विवरणमा अहिलेसम्म युक्रेन आक्रमणमा सम्मिलित ३५ सयभन्दा बढी रुसी सैनिकको मृत्यु भएको उल्लेख छ । 

विवरणअनुसार झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ । युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको छ । यी दाबीहरूको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

रुसले अहिले आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन । युक्रेनमा रुसले सैन्य आक्रमण गरेको आज तेस्रो दिन हो । बीबीसी

प्रतिकृया दिनुहोस्