×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लगातार तेस्रो पटक सेमिफाइनलमा फ्रान्स, एम्बाप्पेको चोटले बढायो चिन्ता

लगातार तेस्रो पटक सेमिफाइनलमा फ्रान्स, एम्बाप्पेको चोटले बढायो चिन्ता

काठमाडौं - साविक उपविजेता फ्रान्सले मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको बोस्टनमा शुक्रबार बिहान सम्पन्न क्वाटरफाइनलमा फ्रान्सका लागि दोस्रो हाफमा केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे। यो जितसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।

यद्यपि जितको खुसीबीच फ्रान्सका लागि खराब खबर पनि आएको छ। खेलको ७८औँ मिनेटमा स्टार फरवार्ड एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य भएपछि सेमिफाइनलअघि उनको फिटनेसलाई लिएर चिन्ता बढेको छ।

 

प्रतिकृया दिनुहोस्