काठमाडौँ- चेल्सी एफए कपको फाइनलमा पुगेको छ । चेल्सीले सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । चेल्सीको जितमा मासन माउन्ट र रुबेन लोफ्टुस चीकले एक एक गोल गरेका थिए ।
अब एफए कपको फाइनलमा चेल्सीले लिभरपुलको सामना गर्ने भएको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । एफए कपको फाइनल खेल मे १४ मा हुने छ ।