काठमाडौं- विजया दशमीको बिदा आजदेखि सकिएको छ । दशैंको अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्ने भएका छन् ।
सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।
पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ। यस्तै आज पनि टीका लगाउने क्रम जारी छ। टाढा रहेका आफन्तहरुसँग पूर्णिमाका लागि दिनसम्म टीका लगाउने प्रचलन रहेको छ।