×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

सरकार गठनमा गठबन्धनको गतिविधि नियाल्दै एमाले

काठमाडौं- कांग्रेससहितका दलहरूले वर्तमान सत्ता गठबन्धनबाटै नयाँ सरकार गठन हुने बताइरहँदा एमालेले भने ‘पर्ख र हेर’ को नीति अख्तियार गरिरहेको छ । त्यसकारण नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले अहिलेको गठबन्धनलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। पनि एमालेले सरकार गठनका लागि कुनै पहल थालेको देखिन्न ।

प्रत्यक्षतर्फ ४४ सिटमा जित निकालेको एमालेले समानुपातिकतर्फ ३४ सिट पाउने पक्का छ । यस हिसाबले एमाले ७८ सिटसहित दोस्रो दल बनेको छ । कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको छ ।

यी दुई दलले सरकार गठनको पहल लिनुपर्नेमा कांग्रेसले आफू नेतृत्वको सत्ता गठबन्धन र एमालेबाहेकका दलहरूलाई मिलाएर सरकार गठनको पहल गरिरहेको छ । एमालेले भने देखिनेगरी कतै कुनै पहल गरेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्