×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम यही जेठ २२ गते प्रस्तुत हुने भएको छ ।  प्रदेश सभाको चालु अधिवेशनको आगामी पाँचौ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने मिति तय भएको हो ।

बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी गराए । उनले सो अवधिसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणासमेत गरे ।

प्रतिकृया दिनुहोस्