काठमाडौं- विराटनगर महानगरपालिकाले आजदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आग्रह गरेको छ। भारी वर्षाले महानगरभित्रका विद्यालय डुबानमा परेको र अझ केहीदिन अविरल वर्षाको सम्भावना रहेको भन्दै महानगरले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
वर्षाका कारण विद्यालय सञ्चालनमा समस्या उत्पन्न हुने र विद्यालयहरू अस्थायी सेल्टरका रूपमा प्रयोग गरिने भएकाले वर्षे र हिउँदेबाट कट्टा हुने गरी विद्यालय बन्द गर्न महानगरले आग्रह गरेको हो।