×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी

‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी

काठमाडौं- नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला गरेका छन् ।

अवार्डमा भाग लिन चाहनेहरूका लागि बिहीबारबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले बताइन्  । अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी ५ चैतसम्म फारम भरिसक्नुपर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना नयाँ वर्षको अवसर पारेर आगामी वैशाखमा गरिने भएको छ ।

यो अवार्डमा सहभागी हुन चाहने गीतहरू सन् २०२१ जनवरीबाट सन २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनुपर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरूले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।  

प्रतिकृया दिनुहोस्