×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मेटमणिलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग

मेटमणिलाई देशद्रोहको मुद्दा लगाउन एमाले सांसदको माग

 काठमाडौं - नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।

‘संसदबाट सर्वसहमत पास भएको, संविधान संशोधन गरेर अनुसूचीमा उल्लेख भएको विषयवस्तुलाई नेपालको भूभाग होइन भनेर गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहको मुद्दा लगाउन आग्रह गर्छु’, ढकालले भने ।

लिपिम्याधुरा सहितको भूभाग संविधानमा समेट्ने क्रममा पनि फरक मत राख्ने सांसदलाई पदमुक्त गरिएको सन्दर्भमा पनि ढकालले सम्झिए ।

प्रतिकृया दिनुहोस्