×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मेरो दलका मान्छेलाई मन्त्री दिनुहोस् न ‘प्लीज’ : ओली

मेरो दलका मान्छेलाई मन्त्री दिनुहोस् न ‘प्लीज’ : ओली

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको पक्षमा लागेका एमालेका नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले व्यंग्यात्मक रुपमा भने‚ ‘प्रधानमन्त्रीज्यू, मेरो दलका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँको पछि कुदेका छन् । मन्त्री खानका लागि हिरिक हिरिक भएका छन् । पछि कुदेको कुद्यै छन् । स्याँ स्याँ‚ फ्याँ फ्याँ भएका छन् । उनीहरुलाई मन्त्री बनाइदिनुहोस् न प्लीज । यतिका पछि त लगाइहाल्नुभयो‚ अब मन्त्री दिनुहोस् प्लिज । मेरो पार्टीलाई केही घाटा भए पनि सहुँला बुझाउँला ।’

प्रतिकृया दिनुहोस्