×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

महेश बाबुको फिल्ममा भिलेनको भूमिकामा आमिर खान

महेश बाबुको फिल्ममा भिलेनको भूमिकामा आमिर खान

एजेन्सी - बलिउडसुपरस्टार आमिर खान गतवर्ष फिल्म 'लाल सिंह चड्ढा' फ्लप भएपछि कुन फिल्ममा देखिएका छैनन्।

यसैबीच उनले आफ्नो कमब्याकको लागि दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीसँग सहकार्य गर्ने खबर बाहिरिएको छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनी महेश बाबुको मुख्य भूमिका रहने फिल्म 'एसएसएमबी २९' मा देखिनेछन्। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

यस फिल्ममा आमिरलाई भिलेनको भूमिका प्रस्ताव गरिएको छ। अमिरले फिल्ममा काम गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। फिल्ममा आमिर देखिने चर्चा भएसँगै दर्शकहरू उत्साहित भएका छन्।

एसएस राजामौली सफल निर्देशक मानिन्छ। उनको पछिल्लो फिल्म 'आरआरआर' को 'नाटु नाटु' गीतले अस्कर अवार्ड समेत जितेको छ। राजामौली र आमिरको सहकार्यले फिल्म हिट हुने फिल्मकर्मीको आशा छ। 

यो प्यान इन्डियाको फिल्म हो। यसै फिल्ममार्फत महेश बाबु पहिलो पटक हिन्दी भाषाको फिल्ममा डेब्यू गर्दैछन्। 

केही दिनअघि आमिरले एक फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा समय लिएर फिल्ममा काम गर्ने बताएका थिए।  

उनको पछिल्लाे फिल्म 'लाल सिंह चड्ढा' बक्स अफिसमा फ्लम सावित भयो। अद्वैत चन्दनले निर्देशन गरेको फिल्ममा उनीसँगै करीना कपूर खानको मुख्य भूमिका छ।

यो फिल्म हलिउड फिल्म 'फरेस्ट गम्प' को आधिकारिक हिन्दी रिमेक हो। जसमा टम ह्याक्सले मुख्य भूमिका निभाएका थिए। 

प्रतिकृया दिनुहोस्