×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रिय जनआन्दोलन मोर्चाले बनायो निर्देशक समिति

राष्ट्रिय जनआन्दोलन मोर्चाले बनायो निर्देशक समिति

 

नेपालको गणतान्त्रिक व्यवस्थाको विरुद्धमा रही संवैधानिक राजसंस्था र हिन्दु राज्यको माग गर्दै विभिन्न आन्दोलन गरिरहेको संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले आफ्नो आन्दोलनलाई अझ कडा बनाउने भएको छ । उक्त मोर्चाले निर्देशक समिति बनाउदै आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो ।

मोर्चाले गठन गरेको निर्देशक समितिमा तारानाथ लुईंटेल अध्यक्ष तथा विष्णु भट्टराई, शेखरजंग रायमाझी, शोभाराम थापा, जयकुमार खड्का, दिनेश कंडेल, विक्रम वम, श्रीराम कंडेल, कृष्ण गोपाल श्रेष्ठ, हिमा सनातनी र पुष्प पराजुली सदस्य रहेका छन् ।

मोर्चाले २०४७ सालको संविधान लागू गर्नु पर्ने, भौगोलिकताका आधारमा विभाजन गरिएको संघीयता खारेज हुनु पर्ने, देशलाई धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र अखण्ड नेपाल यथावत् कायम राख्नु पर्ने, जनताको सार्वभौम सत्ता तथा राजकीय सत्तामा आँच पुर्‍याउन नहुने लगायतका माग राखी विभिन्न चरणहरुमा प्रदर्शन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्