×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित पक्राउ

बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित पक्राउ

`सखुवाप्रसौनी गाउँपालिका(१ औराहा बस्ने २७ वर्षीय सल्टु महतोलाई बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सोही गाउँपालिका-१ औराहागाउँ बस्ने मंगलबहादुर भ्लोनको घरबाहिर गोली पड्किँदा उनकै घरभित्र रहेको चामलको बोराभित्र १ राउण्ड गोली फेला परेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा उक्त घटनामा महतोको संलग्नता रहेको खुल्नआएपछि प्रहरीले उनलाई उनकै घर नजिकै नालीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्