काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित तेलुगु फिल्म ‘आरआरआर’ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा आएको दोस्रो दिन पनि सबै शो हाउसफुल भएका छन् ।
काठमाडौँ- शुक्रबारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित तेलुगु फिल्म ‘आरआरआर’ले नेपालमा पनि उत्साहजनक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा आएको दोस्रो दिन पनि सबै शो हाउसफुल भएका छन् । ५ अर्ब ५० करोड (भारु) लगानी रहेको फिल्मले पहिलो दिन नै २ सय २३ करोड कमाइ गरेको छ । ‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतबाट १ सय ५६ करोड र विदेशबाट ६७ करोड कमाइ गरेको हो । ‘बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ‘आरआरआर’ ले ‘बाहुबली २’ को रेकर्ड पनि तोडेको छ ।
‘आरआरआर’ शुक्रबारदेखि भारत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, नेपाल लगायतका विभिन्न देशमा अत्यधिक शोका साथ फिल्म प्रदर्शन भइरहेको छ । फिल्मले डिजिटल प्लाटफर्म र स्याटेलाइट प्रसारणको कपीराइट बिक्रीबाट अर्बभन्दा धेरै कमाइ प्रदर्शनअघि नै गरिसकेको थियो ।
पिरियड एक्सन ड्रामा जनरामा बनेको फिल्ममा राम चरण, जुनियर एनटिआर, अजय देवगन, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अजय र आलियाको यो पहिलो दक्षिण भारतीय फिल्म हो । ‘आरआरआर’ तेलुगुसँगै हिन्दी, तमिल, कन्नड, मलयालम लगायतका भाषामा दश हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको थियो ।