×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कलाकार घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन

कलाकार घिमिरेको उपचारार्थ  बैंक खाता सञ्चालन

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ । दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देरादुन जानु भएकी उहाँ सडक दुर्घटनामा परि गम्भीर घाइते भएकी थिइन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ । निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए ।

तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो । दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो ।

चौधरीले निशालाई अस्पतालले ल्याइ तत्काल निःशुल्क उपचार सुरुआत गरे । अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ । निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग सङ्कलन थालिएको छ । कलाकारसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले अहिले सहयोग गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ । 
 
उनलाई अहिले देश तथा विदेसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसाद घिमिरेको नाममा कृषि विकास बैंकमा  खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं. ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए। सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको उनले बताए ।  

प्रतिकृया दिनुहोस्