×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ

चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरू चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीबाट गत बुधवार पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सूर्य पुतुवार र तारकेश्वर नगरपालिका-४ सानो पुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर रहेकाे प्रहरीले जनाएकाे छ ।

काठमाडौँ जिल्लास्थित विभिन्न स्थानबाट विभिन्न विद्युतीय सामग्रीहरू चोरी हुने क्रम बढेको जनगुनासो प्राप्त भएपश्चात् प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामेरा र विभिन्न कम्पनीका २६ थान मोबाइल सहित पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट चोरी सम्बन्धी कसुर मा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्