×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सांसदहरुको सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्नुपर्छ : सांसद रावल

सांसदहरुको सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्नुपर्छ : सांसद रावल

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद दिलकुमारी थापा (रावल)ले सांसदहरुले उठाएका सवालहरुको जवाफ दिनेगरी प्रधानमन्त्री र मन्त्रीलाई रुलिङ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गर्नु भएको छ । 

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले राष्ट्र, राष्ट्रियता, परराष्ट्र मामिला, जनसरोकारका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुलाई दिने गरी रुलिङ गर्न अध्यक्ष तिमिल्सिनासँग माग गर्नु भएको हो । उहाँले सांसदहरुले पछिल्ला दिनमा उठाएका सवालहरुबारे प्रधानमन्त्री देउवा आफैं बेखवर रहेको भन्दै आपत्ति जनाउनु भयो । सांसद रावलले सरकारले शैक्षिक सत्र सुरु भएको दुई महिना बढि हुँदा पनि विद्यालय तहको पाठ्यपुस्तक विद्यार्थीहरुको हातहातमा पु¥याउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘सांसदहरुले उठाएका जनसरोकारका विषयहरु, राष्ट्र, राष्ट्रियता र परराष्ट्र मामिलामा उठाएका प्रश्नहरुमासम्माननीय प्रधानमन्त्रीज्यू बेखर हुनुहुन्छ । मन्त्रीरु बेखवर हुनुहुन्छ । म सम्माननीय अध्यक्षज्यूमार्फत् हामी जनप्रतिनिधिहरुले उठाएका जवालहरु, चासोहरु, जिज्ञासाहरुमाथि संसदमा सम्माननीय प्रधानमन्त्रीज्यू, सम्बन्धित मन्त्रीज्यूहरु उपस्थित भएर हाम्रा चासो, जिज्ञासाहरुमाथि जवाफ दिनका लागि त्यो व्यवस्था मिलाउनका लागि म अध्यक्षज्यूमार्फत् यो रुलिङहोस सर्वप्रथम म यो माग गर्न चाहन्छु । किनभने हामीले आउने, त्यही विषय लगातार उठाउने अनि हामीले त्यसको जवाफ नपाउने, जनताले आश्वास्त हुन पनि नपाउने यो अवस्था अन्त्य होस् म माग गर्न चाहन्छु । हुनत हामीले निरन्तर उठाईरहेको एउटा सवाल छ । वर्तमान सरकार जनमतबाट आएको होईन । परमादेशबाट आएको सरकार हो । जनताको सरोकारको विषय सुन्ने यो सरकारलाई फुर्सद छैन । हामी सबैलाई थाहा छ–हरेक वर्षा याममा मनसुन सुरु हुन्छ । मनसुन सुरु हुनुअघि यसका प्रतिकार्यहरु हुन्छन ।

योजनाहरु निर्माण गर्नुपर्ने हुन्छ । तर सरकारका मन्त्रीहरुलाई यसबारे जवाफ दिने फुर्सद छैन । समय छैन भनेर हामीले सुन्ने गरेका छौं । यो के हो ? म त्यो पनि बुझ्न चाहन्छु । हामीले लगातार यहाँ सत्तापक्ष र प्रतिपक्षको सवाल छैन । सबै प्रतिनिधिहरुको एउटै सवाल छ–निर्धारित समयमा विद्यार्थीहरुले हातहातमा पाठ्यपुस्तक पाउन, पुस्तक चाहियो पढनका लागि । आज शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्न लागिसक्यो । अझै विद्यार्थीको हातमा पुस्तक छैनन् । पुस्तकविना विद्यार्थीहरुले कसरी अध्ययन गर्छन ? अहिले पनि हाम्रो दुईखाले शिक्षा छ । यो दुई खाले शिक्षा प्रणालीको मूल्यांकन हामी एउटै परिक्षाबाट गर्छौ ।’

सांसद रावलले मनसुन सुरु हुुनु अघिनै विपद व्यवस्थापनका लागि गर्नुपर्ने तयारी समेत सरकारले नगरेको गुनासो गर्नु भयो । 

प्रतिकृया दिनुहोस्