×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सेयर बजारमा रौनकता,नेप्से परिसुचक आज एकैदिन १०१ अंकले बढ्यो

सेयर बजारमा रौनकता,नेप्से परिसुचक आज एकैदिन १०१ अंकले बढ्यो

काठमाडौं - साताकाे पहिलाे दिन आज (आइतबार) सेयर बजारमा राैनकता देखिएकाे छ ।  नेप्से परिसूचक सँगसँगै काराेबार रकम पनि बढेकाे छ । बढेकाे बजारमा बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै जीवन बीमा समूह बढेकाे छ । 

बीमा समितिले बीमा कम्पनीहरूको पूँजी बढाउन विभिन्न माध्यमबाट कदम चालेको छ । मुख्यतय बोनस र मर्जरलाई प्राथमिकता दिइएको छ । अहिले लाभांश सिजन पनि चलिरहेको छ । अधिकांश बीमा कम्पनीहरूले लाभांश घोषणा गर्नै बाँकी छ । यस्तो अवस्थामा बीमा कम्पनीहरूले उच्च बोनस बाँड्ने अपेक्षाले लगानीकर्ताले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन् । बीमा कम्पनीहरूको पूँजी वृद्धिको कुरा भइरहँदा बीमा कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेकाे छ । नेप्से ३.९४ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीकाे ९० लाख २२ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह बढेकाे छ 

आइतबार शिवम सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३४ कराेड ३६ लाख ५० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने सबै इन्स्याेरेन्स कम्पनीहरू रहेका छन् । अन्य ४ कम्पनीकाे पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।  

यस दिन मेगा म्युचुअल फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रतिकृया दिनुहोस्