काठमाडौँ - लामो समयबाट चर्चामा आएको नाबालिक जबरजस्ती मुद्धा अन्र्तगत गायिका एलिना चौहानले पनि आफ्नो मत राखेकी छन् । अहिले सञ्जालमा अभिनेत्रीहरुले पनि धमाधम आफ्नो विचार राखिरहेका छन् । गायिका चौहानले के भनिन् यसप्रकार रहेको छ ।
केही दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केही भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो विचार व्यक्त गर्नु होला ।
बहिनी समीक्षालाई
प्रिय समीक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाइला अघि बढाएका थियौँ । अझ साहानुभूति त तिमीले भनेझैँ तिमी नाबालिका भएर पाएकी छौ । तिमीसँगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिकको सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनिरहेका कुराहरु कहिल्यै सुनाएकी थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजुप्रतिको आरोप के हो, त्यसको वास्तविकता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनू । बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कै पनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौँ या सही कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केही अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो विपक्षमा पनि उभिएका छन् । तिमी नाबालिका हौ भनेर कर्ही प्रमाणित भएको अवस्था देखेको छुैन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विश्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकि छौ होला । तिमी अन्यायमा परेकी हौ भने सबैले तिमीलाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नू ।
दादा पललाई
आदरणीय दाइ पल शाहप्रति मेरो उत्तिकै सम्मान छ । तपाईँमा लागेको आजको आरोपले तपाईँप्रतिको सम्मानमा थोरैपनि बिचलित बनाएको छैन । एउटा सामान्य भिडियो इडिटर भएर कलाकारिता जगतमा छिरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नु भएको पक्कै पनि छैन । बिगतका दिनमा हजुरले गर्नु भएको समाज सेवाहरु सबैका लागि प्रेरणाको स्रोत बनेको थियो । हजुरसँग भएको सहकार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन् । हजुरको काम प्रतिको लगनशिलता र आत्मविश्वासले गीत संगीत क्षेत्रलाई अझ माथि उठाएको पक्कै हो । आज जुन आरोपले तपाईँ प्रहरी हिरासतमा बस्नु परेको छ त्यो झुठो साबित भयो भने सबैभन्दा पहिला तपाईँको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जीवनमा धेरै महगाँे पाठ सिके भनेर महसुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जस्ले आफ्नो विपक्षमा ईष्या बोलाउँदो रहेछ । हो त्यसको आहारा भन्नु पर्यो तपाईँ आज । बाहिर आएको अडियोहरुमा के कतिको सत्यता छ त्यसलाई अहिले नै बिचार गरिहाल्न सक्ने अवस्था र बौद्धिकता ममा छैन । हजुर स्वयं प्रहरीको हिरासतमा गई अनुसन्धानलाई सघाउनु नै ठूलो कुरा हो । लागेको आरोप झुठो ठहरिए तपाईँसंगै म पनि खुसीको पात्र बन्ने छु ।
शुभचिन्तकलाई
आज गरेको कर्मले भोलिको आफ्नो भविष्य निर्धारण गर्छ । हिजो पल दाजुलाई हाई हाई भनेका शुभचिन्तक आज कोही समीक्षा बहिनीलाई सही मान्दै हुनुहुन्छ होला त कति समीक्षाका शुभचिन्तक उनी गलत हो भनेर बस्नुभएको होला । तपाईँहरु त हाम्रा लागि जिउँदो भगवान् हो । तपाईहरु बिना हामी अधुरा छौँ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पिडा परेको झट्ट सुन्दा अर्को पक्षलाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरण स्वरुप आज पक्ष विपक्ष भई आ–आफ्नो मान्छेलाई साथ दिइरहनु भएको छ । तपाई दर्शकहरु कहिल्यै गलत हुनु हुन्न र हुन सक्नु पनि हुन्न । तपाईँहरुलाई गलत देख्ने त हामी गलत हाँै । तपार्इँहरुसंग जन्मिदै रगतको नाता लिएर आएको होइनौ कि हरेक गलत कुरालाई तपाईँहरु सही मानिदिनु हुन्छ । तपार्इँ दर्शकहरुको नगरमा जे गलत छ त्यो गलत नै हुनेछ ।
गीत संगीतमा बहिनी समीक्षा र दाजु पलले गर्नुभएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यति सानो उमेरमा यति मीठो गाउने अर्को समीक्षा पाउला न नै यति लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रको लागी उत्तिनै आवस्यक छ र रहनेछ पनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारिफ मा तारिफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।
कानुनका खाका पल्टाउँदै जाँदा को कति दोषी छ त्यो त भोलि अदालतले आफ्नो फौसलामा समावेश गर्ला र त्यही बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ । कानुनभन्दा माथि कोही छैन त्यसैले कानुनको फौसला नमानेर कोही बिजेता हुने छैन । अब लडाइँ समीक्षा र पलको होइन न नै समीक्षा र पलले लड्नु पर्ने छ । अब कानुनमा रहेर कानुनका विद्वानहरुले लडाई लड्ने छन् । हामी त बस सत्यताको पर्खाइमा छौँ । थोरै ढिलो होला तर सत्य लुक्ने छैन । दुवैलाई शुभकामना।
नोटः पीडित पक्षको नाम खुलाउन नमिल्ने भएता पनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकी हुँ । माथि उल्लेखित कुराहरूमा म गलत भए माफि चाहान्छु।