नेपाली कांग्रेस निकट प्रवासी नेपालीहरूकाे संस्था नेपाली जनसम्पर्क समिती जापानकाे सक्रियता बढेकाे छ । केहि महिना अघिमात्रै जापानकाे राजधानी टाेकियाेमा पर्ने कान्ताे क्षेत्रकाे अधिवेशन सम्पन्न गरेकाे जनसम्पर्क समिति जापानले होक्काइदो क्षेत्रको प्रथम क्षेत्रिय अधिवेशन पनि सम्पन्न गरेकाे छ । जापानका आठ क्षेत्रहरु अन्तर्गत सुदुर उत्तरी भूगोल मा अवस्थित होक्काइदो क्षेत्रमा गत २० अप्रिल आइतबार का दिन नेपाली जनसम्पर्क समिति जापान, होक्काइदो क्षेत्रको प्रथम ऐतिहासिक क्षेत्रिय अधिवेशन भव्यताका साथ सम्पन्न भएको हाे।
एउटै क्षेत्र र त्यो भित्र एउटा मात्र प्रान्त रहेको होक्काइदो, क्षेत्रफलको आधारमा जापानको सबैभन्दा ठूलो प्रान्त हो जुन पछिल्लो समय व्यापार, व्यावसाय र अध्यायनका लागि नेपालीहरुको रोजाइको गन्तव्य बनेकाले उक्त क्षेत्रमा नेपाली हरुको ठूलो बसोबास रहेको पाइन्छ। नेपाली जनसम्पर्क समिति जापानको संगठन विस्तार गर्ने क्रममा नया ७ क्षेत्रहरुमा प्रथम अधिवेशन गर्ने कार्ययोजना रहेको र त्यही अनुरूप अप्रिल २० तारिक होक्काइदो क्षेत्रमा प्रथम क्षेत्रिय अधिवेशन गरिएको हो। होक्काइदो क्षेत्रिय अधिवेशनका लागि जनसम्पर्क समिति जापान को केन्द्रीय समितिले निर्वाचन समितिको जिम्मेवारी जनसम्पर्क समिति जापानका नेता मुक्तिराम खनाल लाइ दिएको थियो। सोही बमोजिम निर्वाचन समितीले आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा विधिवत होक्काइदो क्षेत्रको अधिवेशन गरी सर्वसम्मत १५ सदस्यिय क्षेत्रीय समिति गठन गरेको जानकारी दिएको छ।
उक्त अधिवेशन बाट होक्काइदो क्षेत्रमा लामो समयदेखि बस्दै आएका सफल व्याबसायी श्री रोशन निरौला को नेतृत्वमा सर्वसम्मत १५ सदसिय क्षेत्रिय समिति गठन भएको छ। नवनिर्वाचित सभापति निरौला लामो समय देखि होक्काइदो क्षेत्रमा व्यावसाय गर्दै आएका नेपाली व्यावसायी हुन। सामाजिक संघ संस्थाहरुमा पनि निकै कृयासिल उनी सामाज सेवाका अभियान हरुमा पनि सँधै जोडिएको पाइन्छ। त्यस्तै उपसभापति मा द्वोय रामु गिरी र कृष्णहरी न्यौपाने निर्वाचित भएका छन भने सचिवमा नारायण प्रसाद सापकोटा रहेका छन। समितिको सह-सचिवमा सरोज भक्त पोख्रेल, कोषाध्यक्ष मा सुजाता रत्न र सदस्यहरुमा क्रमश पुजा खड्का, सुवास आचार्य, गोविन्द श्रेष्ट, सुमित भट्टराइ,पुकार खड्का,विनोद डांगी, दिनेश भण्डारी, प्रदीप मल्ल र शुसिला सिंह रहेका छन।
क्षेत्रिय अधिवेशन होक्काइदो को प्रमुख अतिथि का रुपमा नेपाली जनसम्पर्क समिति जापान (अन्तरिम) का केन्द्रिय सभापति डिका कार्की रहेका थिए । प्रमुख अतिथि को रुपमा सम्बोधन गर्ने क्रममा कार्कीले जनसम्पर्क समिति जापान को विगत र वर्तमान समयको परिवेश, परिस्थिति, चुनौति, जिम्मेवारी र भावी योजनाहरुको बारेमा विवेचना गर्दै बन्न लागेको क्षेत्रिय समिति लाइ बधाइ तथा शुभकामना व्यक्त गरेका थिए। एक अर्को प्रसंगमा कार्कीले जनसम्पर्क समिति जापाका अन्य नया क्षेत्रहरु र विगत लामो समय देखि अधिवेशन हुन नसकेका क्षेत्रहरु को निकट भविष्य मै अधिवेशन गरेर राष्ट्रिय अधिवेशन गर्ने कार्ययोजना रहेको बताएका थिए। यसै क्रममा “यही मेइ महिनामा अन्य ४ क्षेत्रहरुको क्षेत्रिय अधिवेशन गर्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा गरेको” बताएका थिए। क्षेत्रिय समिति हरुको अधिवेशन सकिए लगतै जनसम्पर्क समिति जापान टोक्यो मा “टोक्यो सम्मेलन -२०२५” गर्ने र लगतै राष्ट्रिय अधिवेशन को मिति तोक्ने जानकारी गराएका छन। २०८२ सालमा हुने नेपाली कांग्रेस पार्टीको १५ औँ अधिवेशन अगावै जापानमा रहेका क्षेत्रिय समितिहरु सहित केन्द्रीय अधिवेशन तथा १५ औँ महाधिवेशन का लागि जापान बाट निर्वाचित हुने १४ जना महाधिवेशन प्रतिनिधि हरुको पनि अधिवेशन समापन गर्ने अभिभारा केन्द्रीय समिति लाइ रहेको र त्यो जिम्मेवारी कुनै पनि किन्तुपरन्तु नलगाइ पूरा गर्ने अठोट सहितको कार्ययोजना बनाइ नेपाली जनसम्पर्क समिति जापान अघि बडेको सभापति कार्कीले बताए।