×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

होटलमै मृत भेटिए युवा

होटलमै मृत भेटिए युवा

काठमाडाैँ- कैलालीमा एक पुरुष होटेलमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय साधन डान मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार डान यही माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए ।

शनिबार उनी ओछ्यानमै घोप्टिएको अवस्थामा मृत भेटिएका प्रवक्ता जोशीले बताए । मृत्युको कारण भने खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्