×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज सीपीसीका विदेश विभाग प्रमुखले राष्ट्रपति भण्डारी र माधव नेपालसँग भेटवार्ता गर्दै

आज सीपीसीका विदेश विभाग प्रमुखले राष्ट्रपति भण्डारी र माधव नेपालसँग भेटवार्ता गर्दै

काठमाडौँ- आइतबार काठमाडौँ ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टी(सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेपालका राजनीतिक नेतृत्वसँग भेटवार्तामा व्यस्त छन्।

उनले काठमाडौँ ओर्लिने वित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका थिए। लिउ नेतृत्वको चार सदस्य टोलीले त्यसपछि परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटेका थिए। सोमबार लिउले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेका थिए।

लिउ प्रचण्डसँग भेटवार्ताका लागि सोमबार ४ बजे खुमलटार पुगेका थिए। दुई नेताबीच करिब २ घण्टा छलफल भएको थियो। चिनियाँ नेताको सम्मानमा प्रचण्डले सोमबार साँझ होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेका थिए।

चिनियाँ नेताहरुसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, देव गुरुङ र राम कार्की सहभागी थिए।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गर्ने कार्यक्रम छ। यसैगरी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन्।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका थिए।

प्रतिकृया दिनुहोस्