एजेन्सी । प्रभास अभिनित ‘आदिपुरुष’ बहुप्रतीक्षित परियोजनाहरूमध्येको एक हो । भिएफएक्सका हिसाबले ओम राउत निर्देशित यस चलचित्रले प्रभासको अघिल्लो सुपरहिट चलचित्र ‘बाहुबली २ : द कन्क्लूजन’ को रेकर्ड तोड्न सक्ने भारतीय सञ्चार माध्यमहरूले आकलन गरेका छन् ।
एस एस राजामौली निर्देशित ‘बाहुबली २’ अहिले २५०० भिजुवल इफेक्टको साथमा देशको सबैभन्दा बढी भिएफएक्सवाला चलचित्र हो ।
जबकी ‘आदिपुरुष’ मा ८००० भीएफएक्स सटहरूको बारेमा कुरा गरिएको छ, जुन बाहुबलीको भन्दा तीन गुणा बढी हुन आउँछ । कोभिड -१९ को अवस्था सामान्य भएपछि निर्माताहरूले चलचित्रको छायांकन सुरु गर्नेछन् । यो चलचित्र आगामी वर्षको २२ अगस्टमा रिलिज हुनेछ ।