×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

प्रेस युनियनकाे कारवाहीमा परे ११ जना बागी उम्मेद्वार

प्रेस युनियनकाे कारवाहीमा परे ११ जना बागी उम्मेद्वार

काठमाडौं – नेपाल पत्रकार महासंघको बुधबार हुन गइरहेको २६ औं निर्वाचनमा विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक, प्रगतिशिल समावेसी प्यानलको आधिकारिक उम्मेदवारबिरुद्ध उम्मेदवारी दिने नेपाल प्रेस युनियका ११ जना पत्रकार कारबाहीमा परेका छन् ।

नेपाल प्रेस युनियका बरिष्ठ उपाध्यक्ष तथा अनुशासन समिति संयोजक दीपक आचार्यका अनुसार आधिकारिक प्यानलका बिरुद्ध उम्मेदवारी दिन युनियनको विभिन्न पदमा रहेका ति सदस्यहरुलाई उम्मेदवारी फिर्ता लिन विभिन्न चरणमा गरिएको आग्रहको पालना नगरेकोले कारबाही गरिएको जनाएका छन् ।

युनियनको विधानको धारा २० को (ड) को व्यवस्था अनुसार अनुशासन समितिको आकस्मिक बैठकले उनीहरुलाई कम्तीमा ६ वर्षसम्मका लागि साधारण सदस्यता समेतबाट निष्काशन गरिएको हो ।

युनियलनले पत्रकार महासंघको समाबेसी उपाध्यक्षमा उम्मेदवारी दिएका मोरङका अवधेश झा, महासचिवमा उम्मेदवारी दिएका काठमाडौका सुवोध गौतम, खुल्ला सचिवमा उम्मेदवारी दिएका अन्नपूर्ण पोष्ट प्रतिष्ठानका यमप्रसाद शर्मा (यम विरही) र कोषाध्यक्षमा उम्मेदवारी दिएका काठमाडौंका माधव दुलाललाई कारबाही गरिएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा उम्मेदवारी दिएका काठमाडौंका लक्ष्मण कार्की र प्रतिष्ठानबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेको गोरखा पत्र प्रतिष्ठानका देवबहादुर कुँवर, आपाङ्गताबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका रविन थपलिया, खुल्लाबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका काठमाडौका भूपेन्द्र आचार्य, मधेशीबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका काठमाडौंका बीरेन्द्र केएम र राकेशकुमार मिश्र र नन्दबहादुर ऐरीलाई कारबाही गरेका छन् ।

युनियनले प्रदेश तथा शाखामा समेत नेपाल प्रेस युनियन तथा गठवन्धनका आधिकारिक उम्मेदवार बिरुद्ध उम्मेदवारी दिनेका हकमा कम्तीमा ६ वर्ष साधारण सदस्यबाट निष्काशन गरी संगठन समितिलाई सदस्यता सूचीबाट नाम हटाउन जानकारी गराइएको बताइएको छ ।

सबै तहका उम्मेदवारका प्रस्तावक समर्थक बनेका एवं प्रचारप्रसारमा संलग्न रहेका तथा आधिकारिक उम्मेदवार बिरुद्ध अन्तर्घात हुने गरी प्रचारप्रसारमा संलग्न सदस्यहरुका हकमा आवश्यक छानवीन गरी कार्वाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको आचार्यले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्