काठमाडौँ- चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतसहित विजयी भएका थिए ।
निकटतम् प्रतिद्वन्द्वी रहेका श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए । १३ माघमा सर्वोच्च अदालतले लामिछानेसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।
रविको नागरिकतालाई लिएर उजुरी परे पनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको भनाइ छ ।