×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साढे पाँच सय स्थानीय तहमा कसले कति जिते ?

साढे पाँच सय स्थानीय तहमा कसले कति जिते ?

काठमाडौं- स्थानीय तह निर्वाचन २०७९ को बिहीबार बिहानसम्म ५४८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै तहमा जित निकालेको छ।

आयोगका अनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली कांग्रेसले बलियो देखिएको छ। नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य सबै पदमा कांग्रेस नै अगाडि छ। सार्वजनिक नतिजामात्र नभएर गणना भइरहेका पालिकामा समेत कांग्रेसकै अग्रता कायम छ। नगर उपप्रमुखमा भने कांग्रेसभन्दा नेकपा एमाले अगाडि बढेको छ।
८३ स्थानमा कांग्रेसको नगर प्रमुख

मत गणना सम्पन्न भएका नगरपालिकाको प्रमुखमा कांग्रेसले सर्वाधिक ८३ स्थानमा जित हासिल गरेको छ। उसले ४५ स्थानमा अग्रता लिएको छ। प्रमुख पदमा एमालेले ५१ स्थानमा जितेको छ भने २६ स्थानमा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले १६ नगरपालिकामा प्रमुख जितेको छ भने १० स्थानमा अग्रता लिएको छ।
यस्तै नेकपा एकीकृत समाजवादीले ६ स्थानीय तहको प्रमुख जितको छ। उसले ५ स्थानमा अग्रता लिएको छ। अन्य राजीतिक दल तथा स्वतन्त्रले ९ स्थानमा जित हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन्।

१६२ वटा गाउँपालिकामा अध्यक्ष

कांग्रेसले १६२ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ। मतगणना जारीमध्ये २२ स्थानमा अग्रता लिएको छ। एमालेले १०६ वटा स्थानमा अध्यक्ष जित्दा १८ स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्रले ८६ वटा गाउँपालिकामा अध्यक्ष जित्दा ६ स्थानमा मात्रै अग्रता कायम गरेको छ।
जनता समाजवादी पार्टीले १४ स्थानमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ। अन्यले १७ स्थानमा विजय हासिल गरी १० स्थानमा अग्रता कायम गरेका छन् ।

उपप्रमुखमा एमाले अगाडि बढ्दै

मतगणना भइसकेका नगरपालिकाको उपप्रमुख पदमा पनि कांग्रेस अगाडि देखिन्छ। अग्रता लिएको आधारमा जित निकालेमात्रै एमालेले कांग्रेसलाई उछिन्ने देखिएको छ। कांग्रेसले ६१ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गर्दा एमालेले कांग्रेसभन्दा चार संख्यामात्रै कम अर्थात ५७ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ। नेकपा माओवादी केन्द्रले २४ स्थानमा उपप्रमुख पदमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ।

नेकपा एकीकृत समाजवादीले उपप्रमुख पदमा ६ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ। अन्य राजनीतिक दल तथा स्वतन्त्रले ७ स्थानमा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेका छन्।

उपाध्यक्षमा कांग्रेसकै अग्रता

गाउँपालिकाको उपाध्यक्ष पदमा भने कांग्रेसले १६६ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गर्दा एमालेले १०१ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले उपाध्यक्ष पदमा ८४ स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ। जनता समाजवादी पार्टीले ११ स्थानामा जित र ६ स्थानमा अग्रता लिइरहँदा अन्य राजनीतिक दल तथा स्वतन्त्रले १९ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन्।

का‌ग्रेसको एमालेभन्दा ४८४ वडामा बढी जित
कांग्रेसले अहिलेसम्म २ हजार २०० वटा वडामा अध्यक्ष जितेको छ भने ५५ स्थानमा अग्रता कायम गरेको छ। एमालेले १ हजार ७१६ मा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ। माओवादी केन्द्रले ९१९ वडाध्यक्ष जित्दै र १४ स्थानमा अग्रता कायम गरेको छ। जसपाले १९२ वटा वडामा अध्यक्ष जितेर १२ स्थानमा अग्रता कायम गरेको छ। अन्य राजनीतिक दल र स्वतन्त्रले ४७० वटा वडामा विजय हासिल गरी १४ स्थानमा अग्रता कायम गरेका छन्।

प्रतिकृया दिनुहोस्