×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नियम विपरित परीक्षा गर्न लागेको भन्दै स्नातक तह चौथो वर्षका विद्यार्थीले सहायक परिक्षा नियन्त्रकलाई दले कालोमोसो

नियम विपरित परीक्षा गर्न लागेको भन्दै स्नातक तह चौथो वर्षका विद्यार्थीले सहायक परिक्षा नियन्त्रकलाई दले कालोमोसो

काठमाडौं- स्नातक चौथो वर्षको परिक्षा तालिका सच्याउन माग गर्दै आन्दोलनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका सहायक परिक्षा नियन्त्रक डा. घनश्याम ठाकुरलाई कालो मोसो दलेका छन ।

त्रिविले परिक्षा फारम भरे लगत्तै परिक्षा गर्ने गरी लागेको भन्दै केही दिन देखि विद्यार्थीहरु आन्दोलित छन् । २१ महिनासम्म परिक्षा फल प्रकाशित गर्न नसक्ने त्रिविले निजी क्याम्पस संचालकको डिजाइनमा क्यालेण्डर मिचेर परिक्षा तालिका सार्वजनिक गरेको विद्यार्थीहरुको आरोप लगाएका छन् ।

केही दिन देखि शान्तिपूर्ण आन्दोलन मार्फत मागहरु राखेपनि सुनुवाई नभएपछि अप्रिय निर्णय लिनुपरेको विद्यार्थीहरुले बताए । यसअघि त्रिविले परिक्षा फारम भरेको अन्तिम मितिको ३५ दिन पछि मात्रै परिक्षा लिने गरी तालिका तय गर्ने गरेको थियो ।

यसपटक परिक्षा फारम भर्ने अन्तिम मितिको तीन दिन पछि नै परिक्षा गर्ने तयारी परिक्षा नियन्त्रक कार्यालयले गरेपछि विद्यार्थी आक्रोशित बनेका हुन् । विद्यार्थीलाई समस्या पर्ने गरी परिक्षा तालिका सार्वजनिक गरेको भन्दै उनीहरुले आपत्ति जनाउदै आएका थिए । आज परिक्षा नियन्त्रण कार्यालयमा धर्ना दिने क्रममा डा.ठाकुरमाथि मोसो दलेका हुन् ।

त्रिविले अविलम्ब सो परिक्षा तालिका सच्चाएर आफ्नो गल्ति सच्याउनुपर्ने विद्यार्थीहरुको माग छ ।

 

 

प्रतिकृया दिनुहोस्