काठमाडौं - काभ्रेको तेमालदेखि बंगलादेशको यात्रासम्म, संघर्ष र अभावको भट्टीमा खारिएर निस्कनुभएका डा. निराजन तामाङ आज चिकित्सकहरूको आवाज बनेर उभिनुभएको छ। उहाँ केवल एक नाम मात्र होइन, बरु एउटा आम चिकित्सकले भोग्ने न्यून पारिश्रमिक, अधिक कार्यभार र असुरक्षित कार्यस्थलको पीडालाई शक्तिमा बदल्ने एउटा संकल्प हुनुहुन्छ। झोलाभरि औषधि बोकेर विकट गाउँका गरिबको घाउमा मलम लगाउन पुग्ने उहाँको नि:स्वार्थ सेवाभाव र कोभिडको संकटमा २४सै घण्टा खटिने उहाँको त्याग नै उहाँको वास्तविक पहिचान हो।
आज चिकित्सा क्षेत्रमा रहेको असुरक्षा र अन्यायका विरुद्ध बोल्न डा. निराजनको जस्तै आँट र उर्जाको आवश्यकता छ। तामाङ चिकित्सक समाजलाई नेतृत्व दिँदै हरेक प्राकृतिक विपत्तिमा अग्रमोर्चामा उभिने र Gen-Z आन्दोलनमा घाइतेको उद्धारमा ज्यान जोखिममा राखेर खटिने उहाँको साहसले नै प्रमाणित गर्छ कि उहाँ भाषणमा होइन, एक्सनमा विश्वास गर्नुहुन्छ। चिकित्सकको हक-अधिकार, उचित सेवा-सुविधा र सुरक्षित भविष्यका लागि नेपाल चिकित्सक संघको सदस्य पदमा 'टिम मंगल' बाट उम्मेदवार बन्नुभएका डा. निराजनलाई विजयी गराउनु भनेको आफ्नै समस्याको समाधानका लागि बाटो खोल्नु हो।