×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन नेकपा एसले पठायो स्वागत पत्र

घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन नेकपा एसले पठायो स्वागत पत्र

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसाललाई बुधवार साँझ नेकपा एसले पत्र पठाउँदै प्रवेश गर्न पत्र पठाएको हो।

एमाले छाडेर मंसिर-४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा रूपन्देही-१ बाट प्रतिनिधिसभा चुनाव लडेका भुसाल केही दिनमै पार्टीमा प्रवेश गर्ने तयारी रहेको इनी निकट श्रोतले जानकारी दिएको छ।

भुसाललाई अहिले सचिवालय सदस्यमा ल्याएर केही समयपछि पदाधिकारीको जिम्मेवारी दिने एकीकृत समाजवादीको तयारी रहेको छ । भुसालले भने नेकपा एसमा महासचिव दावी गरिरहेका छन्। कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साथ पाए पनि उनी चुनावमा भने पराजित भएका थिए।

प्रतिकृया दिनुहोस्