काठमाडौ - प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको नाराबाजी र वेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधबीच गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे शुक्रबारको प्रतिनिधि सभा बैठकमा धारणा राखे।
उनले आफू भिजिट भिसा प्रकरणमा संलग्न नरहेको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हेरिराखेको विषयमा सहयोग गर्नुपर्ने बताए।