काठमाडौँ- सत्ता गठबन्धन मध्येको एक दल जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा चारवटा मन्त्रालय परेका छन् । जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।
मन्त्रालयको टुंगो लागेपनि कुन मन्त्रालयमा पठाउने भन्ने चाहीं टुंगो लागेको छैन । मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष अध्यक्ष उपेन्द्र यादलाई दिइएको छ । मंगलबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सो जिम्मेवारी दिएको हो । बैठकमा यादवले पार्टीले चारवटा मन्त्रालय पाएको जानकारी गराएका थिए । अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने बताइएको छ ।