×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालेनको बढ्यो सक्रियता,यि हुन् आज भत्किने सम्भावित क्षेत्र

बालेनको बढ्यो सक्रियता,यि हुन् आज भत्किने सम्भावित क्षेत्र

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको टोली आज पनि अवैध संरचना भत्काउने तयारीमा छ । बिहीबार नै योजना बनाएर बसेको मेयरको सचिवालयका प्रमुख स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । यसअघि अवैध संरचना हटाउन निर्देशन दिएका ठाउँमा आज डोजरसहित बालेन जानसक्ने सम्भावना रहेको महानगरका एक अधिकारीले बताए ।

कोटेश्वरको ट्रष्ट कार्यालयको अवैध संरचना महानगरले बिहीबार नै हटाउन भनेको थियो । तर, बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना हटाउन थालेपछि कोटेश्वर पुग्न सकेको थिएन । यद्यपि, स्वकीय सचिव शाहले कहाँ जाने भन्नेबारे ९ बजे मात्रै यकिन हुने बताए । “कहाँ जाने भन्नेबारे हाम्रो प्लान बनिसकेको छ । ९ बजे मात्रै सार्वजनिक गर्छौं,” उनले भने पनि अहिलेसम्म कहाँ जाने निर्णय भने आइसकेको छैन ।

पछिल्लो समय मेयर बालेनको एक्सनप्रति आम नागरिकले प्रशंसा गरिरहेका छन् भने व्यापारीहरु असन्तुष्ट छन् ।

प्रतिकृया दिनुहोस्