×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवनको राप्ती नगरपालिकामा एमालेको अग्रता, गठबन्धन पछिपछि

चितवनको राप्ती नगरपालिकामा एमालेको अग्रता, गठबन्धन पछिपछि

चितवन- राप्ती नगरपालिकाको भण्डारा माविमा राति १ बजेबाट मत गणना सुरु भएको थियो । सुरुमा राप्ती ६ को मत गणना सुरु गरिएको हो ।राप्ती वडा नं ६ को ३ सय मत गणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले १५२ मत प्राप्त गरेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका शमसेर लामाले १ सय ३ मत प्राप्त गरेका छन् । राप्रपाका मनोज अधिकारीले १, स्वतन्त्रबाट विक्रम महतोले ५, मौलिक जरोकिलो पार्टीका कुशल पाठकले १ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मेनुका पाठकले १ सय ७० र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्रबाट जितबहादुर विकले २ मत प्राप्त गरेका छन् । यस राप्ती वडा नम्बर ६ मा ३४ सय ८२ मत खसेको थियो । राप्ती नगरपालिकामा ३८ मत बदर भएको छ ।

प्रतिकृया दिनुहोस्