काठमाडौं-बलिउडमा त्यस्ता धेरै कलाकार छन्, जो गम्भीर रोगको सामना गरिरहेका छन् । ती रोगहरु हुँदा कसैलाई बोल्न समस्या छ भने कसैको लिभर ७५ प्रतिशतसम्म ड्यामेज भइसकेको छ ।
केहि कलाकार ती रोगको चपेटाबाट मुक्त भएका छन् भने कसैलाई भने जीवनभरी नै यी गम्भीर रोग सामना गर्नु परेको छ । यस प्रकारको समस्या भएका कलाकारको बारेमा जानकारी ।
सलमान खान
फिल्ममा आफ्नो दबंग शैली देखाउने अभिनेता सलमान खान गम्भीर रोगबाट ग्रसित छन् । सलमान खान ट्राइजेमिनल न्यूरेसल्जिमा नामक रोगको सामना गरिरहेका छन् । यो एक प्रकारको न्यूरोलोजिकल रोग हो, जसका कारण कहिलेकाहिँ मानिस आत्महत्या गर्ने बारेमा पनि सोच्न थाल्छन् ।
ऋतिक रोशन
ऋतिक रोशन कुनै गम्भीर रोगबाट ग्रसित छन् भन्ने कुरा धेरै कमलाई मात्र थाहा छ । ऋतिक रोशनलाई स्कोलियोसिसको समस्या छ । यहि कारणले गर्दा उनलाई कहिलेकाहिँ बोल्न गाह्रो पनि हुन्छ ।
अमिताभ बच्चन
अमिताभ बच्चन पनि गम्भीर रोगका विरामी हुन् । उनी आफ्नो गम्भीर रोगका कारण विभिन्न पटक अस्पताल भर्ना भइसकेका छन् । यहि रोगका कारण उनको ७५ प्रतिशत लिभर ड्यामेज भइसकेको बताइन्छ । यहि कारण अमिताभ बच्चन स्ट्रिक्ट डाइट फलो गर्छन् ।
शाहरुख खान
शाहरुख खान पनि गम्भीर रोगको सामना गरिरहेका छन् । शाहरुख खानको पाँच पटक काँधको सर्जरी भइसकेको छ । यसबाहेक उनी ढाड र हात दुख्ने समस्याले पनि ग्रसित छन् । ढाड दुख्ने समस्या शाहरुखलाई ‘दिल से’ फिल्मको ‘छैयाँ छैयाँ’ गीतको शूटिङको क्रममा प्रारम्भ भएको थियो ।
सामन्था प्रभु
साउथ सुपरस्टार सामन्था प्रभुले केहि महिना अगाडि आफू कुनै गम्भीर रोगको सामना गरिरहेको भन्ने कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी थिइन् । उनलाई पोलीमफ्र्स लाइट इरप्शा नामक छालाको गम्भीर रोग लागेको छ ।