×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दिपेन्द्र र किरणको सहकार्यमा ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने

दिपेन्द्र र किरणको सहकार्यमा ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने

काठमाडौँ- चलचित्र ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने भएको छ । निर्माता किरण नेपालीले चलचित्र निर्माण गर्न लागेका हुन् । २०७६ सालमा प्रदर्शित शिशिर राणाद्वारा निर्देशित चलचित्र ‘पोइ पर्यो काले’ को नेम सिक्वेलको रुपमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्र ‘पोइ पर्‍यो काले’ पनि नेपालीले नै निर्माण गरेका थिए ।

चलचित्र दीपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् । लामा निर्देशित ‘२ नम्बरी’ अहिले प्रदर्शनरत रहेको छ । चलचित्रका निर्माता नेपाली नै हुन् । नेपाली र लामाबीच चलचित्र निर्माणको बिषयमा सहमति भइसकेको छ । स्क्रिप्टको काम भइरहेको चलचित्र फागुनपछि सुटिङ हुने निर्देशक लामाले बताए ।

‘पोइ पर्‍यो काले’ मा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको अभिनय थियो । ‘पोइ पर्यो बुढो’ मा पूजा दोहोरिने र अन्य कलाकार नयाँ रहने चर्चा छ ।

प्रतिकृया दिनुहोस्