×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्सेद्वारा विभिन्न पदमा कर्मचारी माग, ८ जना बढुवा गर्दै

नेप्सेद्वारा विभिन्न पदमा कर्मचारी माग, ८ जना बढुवा गर्दै

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले विभिन्न पदमा कर्मचारी नियुक्त गर्न पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । नेप्सेले शुक्रबार सूचना जारी गर्दै खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

खुलातर्फ प्रबन्धक पदमा १ जना, सहायक प्रबन्धक (महिला) पदमा १ जना , वरिष्ठ अधिकृत १, अधिकृत १, मधेशी र अपांगतर्फ १÷१ जना अधिकृतका लारखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको २१ दिनभित्र नेपाल स्टक एक्सचेन्ज पदपूर्ति समितिको सचिवालय भद्रकालीमा दरखास्त दिन सक्ने नेप्सेले जनाएको छ । कम्पनीका अनुसार दोब्बर दस्तुर तिरी थप ७ (सात) दिनभित्र आवेदन दिन सकिने छ ।

त्यस्तै, नेप्सेले कार्यसम्पादन मूल्यांकनका आधारमा ८ कर्मचारीको बढुवा गर्ने भएको छ ।

नेप्सेमा रिक्त रहेको नायब कार्यकारी अधिकृत ११ औँ तहमा १ जना, प्रबन्धक १० औँ तहमा १ जना, उप प्रबन्धक ९ तहमा १ जना, सहायक प्रबन्धक ८ तहमा २ जना र वरिष्ठ अधिकृत ७ तहमा ३ जना पदपूर्ति गर्न लागेको छ ।

नेप्सेले कर्मचारी सेवा सर्त (दोस्रो संशोधन) सम्बन्धी विनियमावली २०७५ को विनियम २२ बमोजिम योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।

 

प्रतिकृया दिनुहोस्