सत्तारूढ दल नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनका लागि स्थानिय, जिल्ला, प्रदेश र केन्द्रिय तहमा नेतृत्वकाे दाबी गर्दै उम्मेद्वारी दिने युवा नेताहरू निकै बढेकाे देखिन्छ । कांग्रेस बुढाहरूकाे मात्रै पार्टी भयाे भनेर खण्डनहरू आइरहेका बेला युवाहरूकाे उम्मेदवारीले कांग्रेस प्रति धेरैकाे आशा जागेकाे देखिएकाे छ । यसैबिच अर्घाखाँची सितगङगा रुपन्देही सम्पर्क समाजका अध्यक्ष युवा नेता बिष्णु पौडेलले आगामी १४ औं महाधिवेशनका लागि जिल्ला सदस्यमा उम्मेदवारी दिने घोषणा गरेपछि त अर्घाखाँची जील्लामै उनकाे चर्चा चलेकाे छ ।
बिद्यार्थी कालदेखीनै राजनीति निकै सक्रिय रहेका अर्घाखाँची जुकेनाका युवा नेता पाैडेललाइ जितका लागी धेरैले शुभकामना दिइरहेका छन् । जुकेनावाट उल्लेखनीय भोट पाएर क्षेत्रीय प्रतिनिधि जितेका पौडेलले जिल्ला सदस्यमा उम्मेदवारी दिने पक्का गरेकाे हामीसगँकाे कुराकानी बताएका छन् ।