काठमाडौँ- जम्बुलिङ फिल्मस प्रालिले १० औँ वार्षिकाेत्सवको अवसरमा नववर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २६ गते शनिवारका दिन काठमाडाैँ गंगबुस्थित बिजिबाङक्येटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुखपुर्व पर्यटन, संस्कृति तथा नागरिक उड्यान राज्य मन्त्रि परशुराम तामाङको प्रमुख आतिथ्यतामा र वरिष्ठ समाजसेवी एवं राजपाको सशक्त युवा नेता विशेष अतिथि डा. भिमलाल तामाङले दीपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कला सांस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि प्रत्यक्ष र अप्रत्यक्षरूपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरै कलाकारहरूलाई कार्यक्रमबिच आयोजक संस्थाले प्रमुख अतिथिको हातबाट दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।
श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ प्रालिले जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ आगामी साउन महिनाभित्रमा गर्ने भएको छ । ४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि यही वैशख ३० गतेसम्म आवेदन खुल्ला रहेको छ भने जेठमा नोमिनेशन हुने भएको छ । आजैबाट जम्बुलिङको कार्यलयमा वा जम्बुलिङ फिल्मस प्रालिका अध्यक्षलाई ९८४१०६७६६६ मा सम्पर्क गरी गीत संगीतमा आबद्ध कलाकारहरूले आ-आफ्नो विधामा फारम भर्न सकिने छ ।
म्हेन्दोमाया किङ गायक सागर एस वाइबाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम गायक आशिस गोङ्बो तामाङले सञ्चालन गरेका थिए ।