×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

३४०३ जनामा संक्रमण पुष्टि, २१०४ कोरोनामुक्त

३४०३ जनामा संक्रमण पुष्टि, २१०४ कोरोनामुक्त

नेपालमा बुधबार थप ३ हजार ४०३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

थपिएका संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौँमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ३९६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २ हजार १०४ जना कोरोनामुक्त हुदा नेपालमा हालसम्म ६ लाख ८९ हजार १७३ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ४० हजार ३३८ सक्रिय संक्रमित आइसोलेसन र ४५७ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख ९१ लाख ६९ वटा पीसीआर र ४ लाख १२ हजार ४९४ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्