×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यस्ता छन्‌ यो वर्षको बडा दशैँका साइत, अष्टमी र नवमी एकैदिन

यस्ता छन्‌ यो वर्षको बडा दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं - नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका साइत निर्धारण गरेको छ । समितिले आज (शनिबार) दशैँका उपलक्ष्यमा गरिने कृत्यहरूका लागि शुभसाइत निर्धारण गरेको हो ।

समितिले असोज १७ गतेउ बिहीबार बिहान ९ बजेर १६ मिनेटमा नवरात्रारम्भ सुरु हुने र घटस्थापना गरी जमरा राख्ने साइत जुराएको छ । असोज २४ गते बिहीबार बिहान ७ बजेर ११ मिनेट जाँदा फूलपाती र तुलजाभवानी यात्रा आरम्भ हुने जनाएको छ ।


यो वर्षको दशैँमा महाष्टमी र महानवमी असोज २५ गते शुक्रबार अर्थात्‌ एकैदिन परेको छ । टीकाको साइत असोज २६ गते शनिबार ११ बजेर २६ मिनेटमा पर्ने समितिले जानकारी गराएको छ ।

सामान्यतयाः देवीको प्रसाद लगाउन भने साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्