काठमाडौँ- नेपाली कांग्रेसका तर्फबाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले पहिलो पटक सांसदको रुपमा शपथ लिँदै गर्दा आफू भावुक भएको बताए । शपथको अक्षरहरु पढ्दै गर्दा स्वर्गीय आमाबुबालाई सम्झेको उनले बताए ।
साथै, आफूले मतदाताको बीचमा गरेको प्रतिबद्धता पूरा गर्न लाग्ने पनि उनले बताए । संसद भवन नयाँ बानेश्वरमा शपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।