जनकपुरधाम- जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई कारबाही थालिएको छ । पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले शनिबार र आइतबार हप्तामा दुई सार्वजनिक बिदा दिएपनि बिदाकै दिनसमेत सरकारी सवारी प्रयोग गरिएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।
शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताए ।