×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मधेश प्रदेश

पर्सामा सांसद र नगर प्रमुखको पहलमा निशुल्क एम्बुलेन्स र शव वाहन सेवा

पर्सामा  सांसद र नगर प्रमुखको पहलमा निशुल्क एम्बुलेन्स र शव वाहन सेवा

 काठमाडौं - सांसद र नगर प्रमुखको पहलमा कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा निशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको छ। 

बुधबारदेखि कोरोना संक्रमितका लागि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाले संयुक्त रुपमा खरिद गरेको एम्बुलेन्स र शववाहन, बुधबारदेखि सञ्चालनमा ल्याइएको हो।  

महानगरपालिका परिसरमा आज आयोजित कार्यक्रममा सांसद यादव र नगरप्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा एम्बुलेन्स र शववाहन सेवाको उद्घाटन गरेका छन्। सांसद यादवको संसदीय विकास कोषको ४६ लाख रुपैयाँ र त्यसमा अपुग रकम महानगरपालिकाले थपेर १ थान एम्बुलेन्स र १ थान  शववाहन खरिद गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालले जानकारी दिए। 

कोरोना संक्रमणको पहिलो लहरका बेला एम्बुलेन्स र शववाहनको अभाव हुँदा संक्रमित र तीनका आफन्तले निक्कै सास्ती खेप्नु परेको थियो। त्यसैलाई मध्जनजर गरी अहिले संक्रमणको दोश्रो लहरमा गत वर्षको जस्तो सास्ती खेप्न नपरोस् भनेर एम्बुलेन्स र शववाहन खरिदका लागि महानगरपालिकालाई ४६ रुपैयाँ महानगरपालिकालाई दिएको सांसद यादवले बताए। 

दोश्रो लहरको  महामारीमा आफूले  अझ पनि सकेको जति सहयोग गर्ने प्रतिबद्धता उनले जनाए। महानगरका नगर प्रमुख सरावगीले एम्बुलेन्स र शव वाहन खरिदका लागि सांसद यादवले नै पहल गरेको बताए। बुधबारबाट सञ्चालित एम्बुलेन्स र शववाहनको सेवा कोरोना संक्रमतिका लागि निशुल्क उपलब्ध गराउने सरावगीले बताए।

यसका साथै होम आइशोलेसनमा रहेका संक्रमितहरुको घरघरमै स्वास्थ्यकर्मी साथ पुगेर महानगरपालिकाले आवश्यक औषधी निशुल्क उपलब्ध गराउने जानकारी पनि उनले दिए। 

प्रतिकृया दिनुहोस्