×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

सुटिङका लागि नेपाल आउँदै सलमान खान

सुटिङका लागि नेपाल आउँदै सलमान खान

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म  ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायाङ्कन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मूलका हुन् ।

फिल्ममा चिरञ्जीवीको मुख्य भूमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भूमिका रहनेछ । घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ । टिममा घिमिरे समेत रहेका थिए ।

घिमिरे ‘गडफादर’ का लाइन प्रोडुसर  समेत हुन् ।  फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने घिमिरेले जनाकारी दिए । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर समेत सार्वजनिक गरिएको थियो ।

प्रतिकृया दिनुहोस्